मलेसियामा रहेका २२ नेपालीको भिषा थप भएन

मलेसियामा रहेका २२ नेपालीको भिषा थप भएन

मलेसियामा रहेका २२ जना नेपालीको भिष थप नभएपछि यतिबेला मारमा परेका छन् । मलेसिया पुगेपछि दलालले आफुहरुलाई झुक्याएको उनिहरुले बताएका छन् ।

सन् २०१७ को अप्रिल २९ मा बिएस ओभरसिस प्रा.लि. सामाखुसी काठमाण्डौमार्फत उनिहरु मलेसिया गएका हुन् । महमद सेक्युरिटी कम्पनीमा रहेका ति नेपालीले आँफुहरुले पहिलो भिषा सजिलोसँग पाएको तर भिषा सकिन २ महिना अगाडी मेडिकल गराएपनि १० महिना बितिसक्दा पनि भिषा नलगाइदिएपछि उनिहरु बिचल्लीमाा परेका बताएका छन् ।

उनिहरुलाई एजेन्टले भिषा आजभोली आउछ भन्दा भन्दै १० महिना बिताएको बताए । भिष नभएका कारण हरेक दिन प्रहरीबाट छलिएर हिड्नु पर्ने बाध्यता रहेको पथरीशनिश्चरे ३ का रोशन बजगाँइले बताए । प्रहरीले दिनदिनै पैशा असुल्ने गरेको पनि त्यहाँ रहेका नेपालीले बताएका छन् । कम्पनीमान पटक पटक जानकारी गराउदाँ पनि आफुहरुलाई वास्ता नगरिएको बजगाँइले बताए ।

उनिहरुले ९ महिना २९ दिन सम्म भिषाको पर्खाईमा आँफुहरु रहेपनि १० महिना पुगेको दिन अफिसमा काम गर्ने झापा निवासी एक ब्यक्तिले फोन गरेर पासपोर्ट हराएको अनि नेपालबाट नागरिकता मगाउनुपर्ने भनेको बताएका छन्। उनिहरुले अघिल्लो दिनसम्म अर्को हप्ता भिषा आउँछ भनेको आज कसरी हराउँछ भनेर प्रश्न गर्दा गाली गर्दै चाँडो नागरिकता मगाउनु भनेको बताएका छन्।

यो विषयमा पटक पटक पुलिस रिपोर्टका लागि गएता पनि प्रहरीले रिपोर्ट लिन नमानेपनि लामो प्रयासपछि रिपोर्ट लिएको बताएका छन् ।

उनिहरुले पुलिस रिपोर्ट लिएर आँफुहरु मलेसियास्थित नेपाली दुताबास गएको, मलेशियामा रहेका बिभिन्न संघसंगठनमा कुरा राखेको मलेसियामा रहेका भारतीय र मलेसियन नागरीकहरु अनि नेपालका बुद्धिजीवीहरुसँग सरसल्लाह लिँदा सबैतिरबाट भिषा लाग्न मुस्किल रहेको अनि आगामी दिनमा गाह्रो हुन सक्ने १० महिनामा नलागेको भिषा अवका दिनमा लाग्ला त भन्ने जवाफ आउँदा आँफुहरुलाई झनै पिडा महशुष भएको बताएका छन्।

उनिहरुले आँफुहरुलाई झापाको दमकका गोपिकृष्ण अधिकारी र घनश्याम चौँलागाईले मलेशिया ल्याएको भन्दै दुवैजनाले आँफुहरुलाई कम्पनिको मालिक जस्तो ब्यवहार गर्दै हेप्ने गरेको र गोपिले अफिसमा नेपालबाट मान्छे ल्याउने काम गर्ने र घनश्याम कम्पनीको कमान्डर रहेको जनाएका छन्।

उनिहरुले कम्पनिको लापरबाहीका कारण आँफुहरु १० महिनादेखि गैरकानुनी रुपमा मलेशियामा बस्न बाध्य भएको भन्दै आँफुहरु सकसपुर्ण जीवन जीउन बाध्य भएको गुनासो गरेका छन्।

मलेशियामा रोशन बजगाँई, शेरबहादुर नगरकोटी, सक्रातु थारु चौधरी, रोशन भण्डारी, त्रिलोचन पराजुली, बिष्णु बहादुर नेपाली, धनबहादुर थापा, निरज हुसेन, आलम बङ्गाली, पल्सङ तितुङ, राजकुमार वाइबा, रञ्जितकुमार राय, अमानन्द सापकोटा, मचिन्द्र राई, मानबहादुर तामाङ, नारद राई, रामकृष्ण दुवाललगायत अलपत्र परेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: