नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान

नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान

काठमाण्डौ, नेपाली महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरणका लागि म्यानमार प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिमलाई आइतबार अखिल नेपाल फुटबल संघले बिदाई गरेको छ ।

साफ च्याम्पियनसिप खेलेको टिम नै ओलम्पिक छनोटमा जान लागेको हो । मात्र चार दिनको तयारीका साथ म्यानमार जान लागेको नेपाली महिला टिमको लक्ष्य अर्को चरणमा पुग्ने भए पनि निकै कठिन देखिएको छ ।
म्यानमार, भारत र इन्डोनेसियाजस्ता टिमसँग खेल्नुपर्ने नेपालले साफको तयारीलाई नै मध्यनजर गरेर यो प्रतियोगिताका लागि तयारी गरेको थिएन ।

नेपालले यो प्रतियोगिता आफ्ना लागि राम्रो अनुभवको माध्यमका रुपमा लिएको छ । नेपाली टिमका प्रशिक्षक हरि खड्काले पनि टिममा अझै केही कमजोरी भए सुधार गर्ने मौका र अनुभव बटुल्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको बताए ।

सम्बन्धित खवर