ओखलडुङ्गा, ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवाखोला स्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी २ जना घाईते भएका छन् । आज दिउँसो पौने १२ बजे सोलुबाट काठमान्डौं तर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटो भन्दा अन्दाजि २०० मिटर तल खसेको थियो । सो दर्घटनामा परी स्कारपियोमा सवार ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोला बस्ने ५५ बर्षिय मिङ्मा शेर्पा, सोही स्थान बस्ने ४५ बर्षिय साङगेल शेर्पा, काठमाण्डौ बौद्ध बस्ने ३५ बर्षिय नुर्बु शेर्पा, बर्ष ३० को ङवाङ शेर्पा, डोमा शेर्पा, बर्ष ३२ की नुमा शेर्पाको घटनास्थलमानै मृत्यू भएको हो ।
घाईतेहरुमा सोही स्थान बस्ने बर्ष ३०को कृष्ण श्रेष्ठ गाडीका चालक सोही स्थान बस्ने ३० वर्षका कृष्ण श्रेष्ठ, काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाको छोरा बर्ष अन्दाजि ९÷१० को मिङ्मा शेर्पा र काठमाण्डौ नँया बस्ती बस्ने बर्ष ४६ को कुङसिङे शेर्पालाई उपचारको लागि तत्काल आस्था मेडिकल हल घुर्मि उदयपुरमा पु¥याइएको थियो ।
घाईते तिनैजनालाई थप उपचारको लागि आज दिउँसो साढे ३ बजेको समयमा सिम्रिक एयरको हेलिकप्टर द्वारा ग्रान्डी अस्पताल काठमान्डौ तर्फ लगिएकोमा उपचारको क्रममा साझँ साढे ४ बजे कुङसिङे शेर्पाको मृत्यु भएको छ । ६ वटै शवको कानुनि प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।