विकासको अभियानमा जुट्न प्रधानमन्त्रि ओलीको आग्रह

विकासको अभियानमा जुट्न प्रधानमन्त्रि ओलीको आग्रह

भीमराज अधिकारी, पथरी

प्रधानमन्त्रि केपी शर्मा ओलीले विकासको अभियानमा जुट्न सबै नेपालीलाई आग्रह गरेका छन् । आइतबार मोरङको उर्लाबारी ३, मंगलबारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको १८ औँ साधारण सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

देश विकासको चरम गतीमा अगाडी वढिरहेकाले सबै नेपालीले यो महान अभियानमा सहभागी हुनुपर्ने ओलीले बताए । सम्पूर्ण युवाहरु सामेल भएर विकास निर्माण लगाएतका सम्पूर्ण कामहरु सम्पन्न गर्नुपर्ने ओलीले बताए । ओलीले भने “सबै आत्म विश्वासका साथ अगाढी बढ्नुहोस सरकार सधैँ साथमा छ, जनताको सरकार हो सधैँ जनताका साथमा हुनेछ । समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पुरा गर्नका लागि सरकारले विभिन्न क्षेत्रको विकासका स्किमहरु ल्याएको छ त्यसमा सबैले सहभागीता जनाउनुपर्छ ।” 

सम्बोधनकै क्रममा ओलीले मदन भण्डारी इतिहांसकै हिरो भएको बताए । उनले आफ्नो उमेरको छोटो समयमा इतिहासमा नै सबैभन्दा उत्कृष्ट बिचार ल्याएका कारण आज पनि उनकै बिचारधारालाई सरकारले आत्मसाथ गरेर अगाडी बढेको बताए । अब चाँडै नै मदन भण्डारी विज्ञान र प्रविधि विश्व विद्यालय स्थापना गरिने पनि उनले बताए । ओलीले रजत जयन्ती वर्षको शुभारम्भ गर्दै मदन भण्डारी रजत जयन्ती स्मारक अनावरण, इन्जिनीयरिङ कलेजको उद्घाटन समेत गरेका छन् ।

सम्बन्धित खवर