आयोजक मकवानपुर–११ लाई दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि

आयोजक मकवानपुर–११ लाई दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि

मकवानपुर, हेटौंडामा सम्पन्न दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकप २०७५ को उपाधि आयोजक मकवानपुर –११ जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा क्यामरुनको दाउफिन्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै मकवानपुर ११ ले उपाधि जित्न सफल भएको हो । मकवानपुरका तर्फबाट दुवै गोल योगेश गुरुङले गर्न सफल भए । उनले खेलको ८ औं र ८१ औं मिनेटमा गरेको गोलले नै टिमलाई उपाधि जिताउन सफल भयो ।

यता दाउफिन्सका तर्फबाट खेलको चौथो मिनेटमा यानीको वानाले गोल गरेका थिए । त्यसपछी दाउफिन्सले कुनैपनि गोल गर्न नसकेकाले मकवानपुरे खेलाडीले आफ्नै खेलमैदानमा उपाधि जित्न सफल भए ।

विजयी भएसँगै मकवानपुर ११ ले आठ लाख रुपैयाँ नगद, शील्ड, पदक र प्रमाणपत्र हात पारेको छ । विजयी टिमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गरे । यसैगरी दोस्रो हुने दाउफिन्सले नगद ४ लाख रुपैयाँ, शील्ड, पदक र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

सर्वाेत्कृष्ट खेलाडी घोषित मकवानपुर ११ का गोलकिपर असोक बराललाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

सम्बन्धित खवर