हसन्दह विद्धत् समाज गठन

हसन्दह विद्धत् समाज गठन

पथरी, मोरङको साविकको हसन्दह गाविसलाई समेट्ने गरी हसन्दह विद्धत् समाज गठन भएको छ । शनिवार पथरीशनिश्चरे ५ मा रहेको अमरसिंह माविको हलमा भएको आम भेलाले जीवन कुमार बस्नेतको अध्यक्षतामा ११ सदसीय तदर्थ समिति चयन गरेको हो ।

तदर्थ समितिको उपाध्यक्षमा मीना कुमारी वर्मा, सचिव लक्ष्मी प्रसाद सुवेदी, सह–सचिव दामोदर खतिवडा, कोषाध्यक्ष अम्बिका खड्का (थापा), सदस्यहरु जनक खड्का, बेदनाथ खतिवडा, लेखनाथ खनाल, इश्वर बहादुर थापा, संगम पराजुली (बस्नेत) र शुसिला मगर रहेका छन् ।

सरकारी सेवामा क्रियाशील, सेवा निवृत भएका कर्मचारीहरु रहनेगरी सो संस्थाको स्थापना गरिएको हो । हसन्दहमा रहेका सामुदायिक र संस्थागत विद्यालयमा छात्रवृति वितरणका लागि अक्षय कोषको स्थापन गर्ने र सेवाबाट निवृत भएका सामाजिक व्यक्तिहरुलाई सम्मान गर्ने संस्थाको मुख्य उदेश्य रहेको संस्थाका परिकल्पनाकार तथा अध्यक्ष जीवन बस्नेतले बताए । आगामी दिनमा विद्धत् समाज हसन्दहले गैर राजनीतिक रुपमा सदस्यहरु विस्तार गर्ने बताइएको छ । संस्थामा हसन्दहलाई कार्यक्षेत्र बनाएर अन्य क्षेत्रमा रहेका र अन्य क्षेत्रमा स्थाइ बसोबास गर्ने र हसन्दहलाई कार्यक्षेत्र बनाएर सरकारी सेवामा रहेका व्यक्तिहरु रहने बताइएको छ । संस्थाले चाँडै नै विधान तयार गरी दर्ता प्रकृया पुरा गर्ने र साधारण सभा बोलाउने बस्नेतले जानकारी दिएका छन् ।

सम्बन्धित खवर