कमल गाँउपालिकामा ७ वर्षीय बालक खोरमा

कमल गाँउपालिकामा ७ वर्षीय बालक खोरमा

दमक, झापाको कमल गाँउपालिका वडा नं. ६ का ७ वर्षीय योरिस शिवाकोटीलार्इ बाँसको खोर बनाएर राख्ने गरेको पाईएको छ । कमल ६ नयाँ बस्तिका लीलाराम शिवाकोटीका छोरा योरिसलार्इ बाँसको चाङ बनाएर वरिपरि बाँसको बेरा लगाएर दिनभर बन्धनमा राख्ने गरेको पाईएको हो ।

दुइ बर्षअघि आफ्नै दाजु भुपाल शिवाकोटी विदेश गएको दिनदेखि बिक्षिप्त बनेका बालक अहिलेसम्म सामन्य अवस्थामा आउन नसकेको परिवारले जनाएको छ । दाजुलार्इ सम्झेर कराउदै बेहोस भएपछि बिग्रिएको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो बन्न सकेको छैन, बुबा लीलारामले भन्नुभयो ।

शुरुवातमा बिभिन्न बाल विशेषज्ञहरुलार्इ देखाएर हैरान भएर अहिले नियमित रुपमा धाँमिझाक्री लगाउदै आएको शिवाकोटी परिवारको भनाइ छ । कहिले लडेर दाँत झारेको छ त कहिले के गरेको छ, हामीले त माया नै मारेका छौ, बुबा लीलारामले बताउनुभयो भयो । केहि समययता औषधि उपचारमा अन्यत्र नलगिएको उहाँले बताउनु भयो ।

छोराको पहिला बोली आउने भएपनि अहिले बोली समेत नआउने गरेको र बाहिर छाडिदिदा अनियन्त्रित भएर कुद्ने भएकाले बन्धनमा राख्नु परेको आमा रेखा शिवाकोटीले बताउनु भयो । घर ब्यवहार गर्नका लागि पनि यसरी राख्नु पर्ने बाध्यता छ तर राती हामी आफुसंगै सुताउछौ, शिवाकोटीले भन्नुभयो ।

भोकलाग्यो नभन्ने, नबोल्ने, दिशापिसाव पनि एकैठाँउमा गर्ने गरेको र मानसिक सन्तुलन गुमाएजस्तो ब्यवहार गर्ने गरेको पनि उहाँले बताउनु भयो । आजसम्म मानसिक रोगको विशेषज्ञलार्इ भने देखाएका छैनौ तर ब्यवहार भने त्यस्तै देखाउने गरेको छ, शिवाकोटीको भनाइ छ ।

आर्थिक कठिनाइका कारण राम्रो ठाँउमा लगेर उपचार गराउन नसकेको भन्दै उपचारमा सहयोग गरिदिन उहाँले आग्रह पनि गर्नु भयो । यसरी खोर बनाएर राख्दा हाम्रो मन पनि सधै रुन्छ, उहाँले भन्नुभयो । दाजु विदेश जानुअघि भने सबै अवस्था राम्रो रहेको र त्यसपछि बिग्रिएको अवस्था दिनप्रतिदिन बढ्दै गएको स्थानीयहरुले बताएकाछन् । दुबइमा रहेका दाजु भुपाल पनि तीन महिना अघिदेखि घरको सम्पर्कमा नरहेको सिवाकोटी परिवारले जनाएको छ ।
समाचार श्रोत ः गोरखापत्र

सम्बन्धित खवर