इटहरीमा सम्पन्न मेयर कपको उपाधी रामधुनीको पोल्टामा

इटहरीमा सम्पन्न मेयर कपको उपाधी रामधुनीको पोल्टामा

इटहरी, इटहरीमा सम्पन्न मेयरकप फुटबल प्रतियोगिताको उपाधी रामधुनी नगरपालिकाले जितेको छ ।

इटहरी रंगशालामा भएको खेलमा धरान उपमहानगरपालिकालाई ३–१ गोल अन्तरले पराजीत गर्दै रामधुनी नगरपालिकाले पहिलो मेयरकप फुटबल प्रतियोगीताको उपाधी उचालेको हो । प्रतियोगितामा रामधुनीका तर्फवाट अर्जुन लिम्वूले २ र संदिप लिम्वूले १ गोल गरे । धरानका तर्फवाट खेलको अन्त्यमा मनोज राईले १ गोल फकाए ।

दुहवीलाई पराजीत गर्दै रामधुनी फाइनलमा प्रवेश गरेको थियो भने धरान बराहक्षेत्र नगरपालिकालाइ पराजित गर्दै फाईनल प्रवेस गरेको हो । खेलको म्यान अफ द म्याच रामधुनीका अन्जन लिम्वू र म्यानअफ द सिरिज संदीप लिम्वू घोषित भए । बिजेता रामधुनी नगरपालिकाले नगद १ लाख प्राप्त गरेको छ । उपबिजेमा धरानले नगद ५० हजारमा चित्त बुझायो । उपप्रमुख लक्ष्मी गौतमले पुरस्कार एवं सिल्ड प्रदान गरेका थिए । सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।

सम्बन्धित खवर