संघीय प्रेश फोरमको अध्यक्षमा विनुमाया

संघीय प्रेश फोरमको अध्यक्षमा विनुमाया

ओखलढुंगा, संघीय प्रेश फोरम नेपाल जिल्ला समिति ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनले विनुमाया राईलाई अध्यक्षमा चयन गरेको छ । सम्मेलनले राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कूलबहादुर तामाङ, सचिवमा चन्द्र वहादुर राई, सहसचिवमा श्याम राई, कोषाध्यक्षमा सविना राई चयन गरेको छ ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेश फोरमका प्रदेश नं. १ का अध्यक्ष फिपराज बेघा लिम्बु, संघीय समाजवादी फोरम नेपालका वैकल्पीक केन्द्रीय सदस्य नवराज गुरुङ, जिल्ला सचिव प्रकाश तामाङ, होटल व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बन्दसत्रमा संघीय प्रेशका जिल्ला अध्यक्ष लाक्पा जी शेर्पाले सांगठनिक प्रतिवेदन, भावि रणनीति पेश गरेका थिए । आगामी दिनमा समितिले संघीय प्रेशलाई अझ मजबुद बनाउदै लैजाने नवनिर्वाचित सचिव तामाङले बताए ।

सम्बन्धित खवर