सुनबर्शिका बीरेन्द्र बिराटनगरमा सम्मानित हुने

सुनबर्शिका बीरेन्द्र बिराटनगरमा सम्मानित हुने

बिराटनगर, संचारकर्मी तथा कलाकार बीरेन्द्रकुमार साह सम्मानित हुने भएका छन् । चैत १६ गते दहेज मुक्त मिथिला र मैथिली जिन्दाबादको संयुक्त आयोजनामा हुन लागेको मैथिल स्रष्टा सम्मान समारोह मा बीरेन्द्रलाई सम्मान गर्न लागिएको हो । बीरेन्द्रले बिगत लामो समयदेखि संचार एवम कला क्षेत्रमा आफ्नो योगदान दिरहेका छन् ।

बीरेन्द्रले आफ्नो रचनामा रहेको २ वटा नेपालि गीति एल्बम मन र साया बजारमा ल्याईसकेका छन् । उनले धेरै म्युजिक भिडियोमा अभिनय तथा निर्देशन समेत गरेका छन् । साह हाल एभिन्युज टेलिभिजनको मोरङ सम्वाददाता समेत हुन् । बीरेन्द्र प्राय जसो स्टेज कार्यक्रममा ब्यस्त हुने गरेका छन् ।

प्रत्येक वर्ष दहेज मुक्त मिथिलाले केही न केही गर्दै आएको हुनाले यस पटक मिथिला मैथिली क्षेत्रमा आ–आफ्नो तर्फबाट पुर्‍याएको योगदानलार्इ मध्यनजर गर्दै सम्मान समारोह गर्न लागेको दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रवीण नारायण चौधरीले बताए ।

चैत १६ गते सनिबार हुने समारोहमा संचारकर्मी तथा कलाकार बीरेन्द्कुमार शाह सहित बिराटनगरमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तिहरु सम्मानित हुने भएका छन् । बिराटनगरबाट प्रकाशित हुने पूर्वकै लोकप्रिय पत्रिका न्यु सृष्टि दैनिकका प्रधान सम्पादक संखर खरेल, कलाकार प्रतीक श्रेष्ठ, गायक बिरेन्द्र कुमार झा, फिल्मकर्मी जयराम यदुवंशि, गीतकार सरोज मण्डल, फिल्म निर्देशक सन्तोष सरकार, गायक रोहित लाल यादव, समाजसेवी अम्लेश कर्ण, मोडल आंचल मल्लिक लगायतलाई सम्मान गर्न लागिएको हो ।

दहेज मुक्त मिथिलाका अन्तर्राष्ट्रिय संयोजक प्रविण नारायण चौधरिले मिथिला मैथिली क्षेत्रमा योगदान पुर्‍याउने सम्पुर्णलाई दहेज मुक्त मिथिलाले सम्मान गर्ने बताए । उनले भने राम्रो काम गर्ने जति सबैलार्इ हामी हौसला दिन्छौ र अगाडि बढ्न मदत गर्ने छौँ । उनले भने “अहिले सम्मान गर्न लागिएको सबै जनाको मिथिला प्रती ठूलो योगदान रहेको छ, सबैले आ–आफ्नो क्षेत्रबाट निरन्तर कार्य गर्दै आएका छन् ।

सम्बन्धित खवर