नोवेल हस्पिटल आधारक्षेत्र बनाएर मोटरसाइकल चोरीगर्ने गिरोहका एक पक्राउ

नोवेल हस्पिटल आधारक्षेत्र बनाएर मोटरसाइकल चोरीगर्ने गिरोहका एक पक्राउ

विराटनगर, लामो समयदेखि विराटनगरमा मोटरसाइकल चोरिमा संम्लग्न चोरहरुको खोजी गरिरहेको प्रहरीलाई एउटा सफलता हात लागेको छ । विहिवार बेलुका चोरीमा सम्लग्न एक व्यक्तिलाई विराटनगर स्थित वार्ड नं. ४ पिपलचोक छेउको एक घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । अन्य २ जना चोरहरु भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरगाच्छी प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक तारा चुडालको नेतृत्वमा गएको टोलीले चोर सहित २ वटा मोटरसाइकल , मोटरसाइकल बनाउन र चोर्न प्रयोग गरिने सामान,कलर ,नम्बरप्लेटहरु बरामद गर्न सफल भएको हो ।

भाडामा बस्ने ती चोरहरुले ठूलो परिणाममा मोटरसाइकल चोरी गर्ने गरेको आशंका गरिएको छ । उनिहरुले विराटनगर क्षेत्रका नोवेललाई आधार बनाएर चोर्ने गरेको पाएको छ । ३ जनाले फ्लाट भाडामा लिएर चोरीको काम गर्दे आएका थिए । पक्राउ पर्ने ब्यक्तिको नाम भने अनुसन्धानमा बाधा पुग्ने भन्दै प्रहरीले खुलाएको छैन । चोरीमा सम्लग्न ती व्यक्ति पक्राउ परेसंगै मोटरसाइकल चोरीमा संम्लग्न गिरोह नै पत्ता लगाउने अभियानमा प्रहरी जुटेको छ ।

सम्बन्धित खवर