सिरिजंगा धार्मिक वनमा विधान विपरित समिति घोषणा भएको दावि

सिरिजंगा धार्मिक वनमा विधान विपरित समिति घोषणा भएको दावि

पथरी, मोरङको पथरीशनिश्चरे-१० स्थित सिरिजंगा स्मृती धार्मिक वन नेतृत्व चयन लगायतको बिषयलाई लिएर विवाद भएको छ ।

सो वनको माघ २१ गते तेस्रो साधारण सभाको खुल्ला कार्यक्रम भएको थियो । बन्द सत्र दुई उपाध्यक्षको लागि छ जनाको मनोनयन परेसँगै विवाद सुरु भएको थियो । सो दिन कसैले दावि नछाडेपछि माघ २५ गते निर्वाचन तोकिएको थियो । सो दिन उपाध्यक्ष मनोनयन भएकैहरु मध्येबाट अवरोध भएपछि निर्वाचन रोकिएको थियो ।

धेरै छलफल र निर्वाचनको प्रयास भएपनि हुन सकेको थियो । बुधबार निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले ३ जना उपाध्यक्षसहित २२ जनाको समिति घोषणा गरेपछि विवाद झनै चर्किएको हो । उपाध्यक्ष गोविन्द वनेम, टंक लिम्बू र शन्तोष लिम्बू चयन भएका छन् । उपाध्यक्षको उमेद्वार मनोनयन गर्ने मध्येका टेकिन्द्र लिभाङ लिम्बूले घोषित समिति विधान विपरित भएकोले आम उपभोक्ता समितिको माग अनुसार अर्को समिति गठन गर्ने बताए ।

पत्रकार सम्मेलनको आयोजना गरी विधान सुरुमा विधानमा दुई उपाध्यक्ष मध्ये एक महिलाहुनु पर्ने उल्लेख भएपनि पनि ३ जना बनाइएको र महिला उपाध्यक्ष कोटामा शन्तोष लिम्बूलाई उपाध्यक्ष बनाएको टेकिन्द्र लिभाङ लिम्बूले बताए ।
साधारण सभाले दुई उपाध्यक्ष पास गरेपनि सो विधान विपरित तीन बनाएको र महिलाको कोटामा पुरुष नै बनाएको लिम्बूले बताए । निर्वाचन समितिको प्रकृया अनुसार छ जना उपाध्यक्ष मध्ये आफूले पनि उमेद्वारी मनोनयन गरेको तर निर्वाचन नगराई तीन जनालाई मनोमानी ढंगबाट नाम घोषणा गरेको लिभाङको भनाइ छ ।

लिभाङले वन समितिको विधान र कानून विपरित आफूखसी अवैध समिति गठन गरेकोमा जिल्ला अदालत, पथरीशनिश्चरे नगरपालिका र वन कार्यालयमा मुद्धा लगाउने बताए । अवैध समितिलाई खारेज गरेर आम उपभोक्ता समितिको सहमतिमा तदर्थ समिति गठन गरेर वन संरक्षण गर्ने लिभाङले बताए ।
पत्रकार सम्मेलनमा उपभोक्ता केवि लिम्बू, नव समितिको सदस्य रोशन थक्लङ लिम्बू लगायतको उपस्थिति थियो । सम्मेलनमा उपस्थित उपेन्द्र लिम्बूले नगरमा ७ हजारभन्दा बढी लिम्बू समुदाय भएपनि १६५ जनाको मात्र उपभोक्ता बनाउदा पनि मनोमानी गरिएको बताए ।

वन समितिको अध्यक्षमा गंगाप्रसाद साँवा, सचिव प्रेमकुमार वनेम, सह-सचिव केशव कुरुङ्वाङ, देउमान लिम्बू, कोषाध्यक्षमा खिनामाया लिम्बूलाई बुधबार सफत खुवाइएको निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले बताए ।
२०७२ सालमा दर्ता भएको धार्मिक वनको करिव २४ विगाहा क्षेत्रफल रहेको छ । वनमा १६६ घर उपभोक्ता रहेको छ ।

सम्बन्धित खवर