बाल संजाल गठन

बाल संजाल गठन
पथरी, मोरङको पथरीशनिश्चरे नपा वडा नं. ५ को वडा बाल संजाल गठन कार्यक्रम सम्पन्न भएको छ । विहिबार वडा कार्यालयको सभाहलमा युवा जागरण नेपालको आयोजनामा भएको वडा बाल भेलाले तुलशा खतिवडाको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्ष याम बहादुर अधिकारी, सचिव अविनास शाह, सह–सचिव सुवास कार्की, कोषाध्यक्ष भूमिका अधिकारी, सदस्यहरु क्रमशः कविता राई, सुदिप धिमाल, सुमिना चौधरी, अविनास धिमाल, कविता शाह र दिवश थापा रहेका छन् । वडामा रहेका बालबालिकाहरुका समस्या, उनिहरुका अधिकारका विषयमा कार्यक्रमहरु संचालन गर्नका लागि पनि बाल क्लवको गठन गरिएको हो ।
वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका विद्यार्थीहरुको भेलाले वडा संजालको गठन गरेको हो । साविकको हसन्दह गाविस रहेदेखि नै बालबालिकाहरुले यस क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका थिए ।
बालक्लवको गठन पछि वडामा बालअधिकारका लागि अझ धेरै कामहरु हुनेमा आफु विस्वस्त रहेको प्रमुख अतिथि एवम् वडा अध्यक्ष जोग बहादुर धिमालले बताए । बालअधिकारको संरक्षणका लागि वडा कार्यालय सधैँ तयारी अवस्थामा रहेको धिमालले बताए ।
कार्यक्रममा वडा सदस्यहरु चेतेन्द्र खड्का, जानुका तिम्सिना, शिक्षकहरु चन्द्र प्रसाद राजवंशी, जीवन बस्नेत लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नव गठित कार्यसमितिलाई आगामी दिनमा तालिम तथा गोष्ठीहरुको आयोजना गरिने युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाले बताए । कार्यक्रममा आयोजक संस्थाका सचिव तिलक नेपाली र सहसचिव भीमराज अधिकारीले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर