आयोजक मकवानपुर ११ फाइनल प्रवेश, नेपाल पुलिसलाई १–० पराजित

आयोजक मकवानपुर ११ फाइनल प्रवेश, नेपाल पुलिसलाई १–० पराजित

मकवानपुर, हेटौंडामा जारी दोश्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ ले नेपाल पुलिसलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। मकवापुरका तर्फबाट रेजिन सुब्बाले एक गोल गरेर म्यान अफ द म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।

बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले विदेशी क्यामरुनको क्लब दाउफिन्सको सामना गर्दैछ । पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका यी दुई क्लबबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठ लाख तथा चारलाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०–२० हजार रुपैयाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगितामा करिब ८५ लाख खर्च हुने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।

सम्बन्धित खवर