दोहोरो सुविधाका विषयमा आवाज उठाउने विद्यार्थी नेता माथि अनेरास्ववियु र अखिलको अक्रमण

दोहोरो सुविधाका विषयमा आवाज उठाउने विद्यार्थी नेता माथि अनेरास्ववियु र अखिलको अक्रमण

मोरङ, मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्कुले शिक्षकहरूले लिएको दोहोरो सुविधाको विषयमा आवाज उठाउने नेविसंघका विद्यार्थी नेताहरु माथि अनेरास्ववियु र अखिलका विद्यार्थीहरुले काक्रमण गरेका छन् । दोहोरो सुविधाका विषयमा पटक पटक आवाज उठाउदौ आएको नेविसंघ बुधबार भने विरोधका कार्यक्रम लिएर उत्रिएको थियो ।

नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले गरेको आन्दोलनको क्रममा अखिलका कार्यकर्तासँग झडप हुँदा नेबिसंघका केही कार्यकर्ता घाइते भएका छन् ।

बुधबार बिहान दोहोरो सुबिधाको बिरोधमा उत्रिएका नेबिसंघका कार्यकर्तामाथि अनेरास्ववियु र अखिलका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणबाट नेबिसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, नेबिसंघ सुकुना क्याम्पस इकाई सभापति बिजय तोलाङ्गी, सचिव समीर मगर र सदस्य जीवन बस्नेत लगायत घाइते भएका छन् । उनीहरूको नोबेल अस्पताल बिराटनगरमा उपचार भइ रहेको नेबिसंघले जनाएको छ । घाइते मघ्ये तोलाङ्गीको टाउकोमा ठूलो चोट लागेको छ ।

सुकुना बहुमुखी क्याम्पसका प्राध्यापकहरुले लिएको दोहोरो सुविधाको विरोधमा शान्तिपूर्ण आन्दोलनको क्रममा अखिलका विद्यार्थीहरुले नेबिसंघका बिद्यार्थीमाथि योजनाका साथ आक्रमण गरेको नेबिसंघको आरोप छ ।
झडपपछि क्याम्पसमा प्रहरी तैनाथ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिए ।

यसअघि मंगलबार सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियु सुकुना क्याम्पस कमिटीले प्रेस विज्ञप्ति निकालेर दोहोरो सुविधा शिक्षा ऐन बमोजिम भएको दाबी गर्दै बिरोध गर्नेहरुको खुट्टा भाच्ने धम्की दिएको थियो ।

केहि अशिष्ट र अमर्यादित भाषासहित निकालिएको भनिएको बिज्ञप्तिमा दोहोरो सुबिधाको नाममा सुकुना बहुमुखी क्याम्पसको बिरोध गर्नेलाई अस्पतालमा गएर आंँखा जाँच गरी चस्मा लगाउन उपदेश मात्र दिइएको थिएन, खुट्टा भाच्ने चेतावनी पनि दिइएको थियो । विज्ञप्तिमा ‘क्याम्पसको शिक्षाको गुणस्तरमा कमी आउन नदिन र त्यस्तो गतिबिधिमा संलग्न जो कोहीको खुट्टा भाच्न समेत संगठन तयार रहेको’ धम्कीपुर्ण भाषा उल्लेख गरिएको थियो । विज्ञप्तिमा शिक्षा ऐन अनुसार नै नियम र कानुन पूरा गरी शिक्षकहरुले अध्यापन गराईरहेको दाबी गरिएको थियो ।

शिक्षकहरुले दोहोरो सुविधा लिएकोबारे सबैभन्दा पहिले गत फागुनमा एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएको थियो । त्यस लगत्तै नेबिसंघ सुकुना क्याम्पस इकाइले दोहोरो सुबिधा बन्द गर्न माग गर्दै क्याम्पस प्रशासनलाइ ज्ञापनपत्र समेत बुझाएपछि अरु मिडियाहरुमा त्यसबारे समाचार प्रकाशित भएको थियो । सो बिषय केही दिनअघि राष्ट्रिय सभामा समेत पुगेको थियो । सुकुना क्याम्पसका प्राध्यापकहरुले भने आफुहरुले शिक्षा ऐन बमोजिम प्रक्रिया पुर्याएर अध्यापन गरिरहेको दाबी गरेका छन् ।

सम्बन्धित खवर