सप्तकोशीमा भेटिएको शव रमिलाकै भएको पुष्टि

सप्तकोशीमा भेटिएको शव रमिलाकै भएको पुष्टि

सप्तकोशी नदिमा भेटिएको महिलाको शव आफ्नै प्रेमीद्धारा हत्या भएकी मोरङ बेलबारीकी २६ बर्षीया रमिला राईको भएको पृष्टि भएको छ । बेलबारीका स्थानीय नेता योगेन्द्र गुरुङले गत फागुन १७ गते हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव कोशी ब्यारेजबाट फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा उनको शव खोजी शुरु भएको २६ दिन पछि फेला परेको प्रहरी उपरीक्षक केसीले बताए ।

कोशी ब्यारेजको पश्चिम तर्फ सप्तरीको गोवरगाढा नजिक शव फेला परेको थियो । कोशी व्यारेजबाट करिव ३ सय मिटर दक्षिणमा फेला परेको शव तिनै हत्या भएर फालिएकी महिलाको भएको प्रहरीको दाबी छ । स्थानीयले नदिमा बोरा भित्र गहु्रँगो सामान जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
डुङ्गाको सहयोगमा नदीबाट एक घण्टा समय लगाएर शवलाई किनारामा निकालिएको थियो । बोरा भित्रै हात खुट्टा बाधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

यसरी बेपत्ता भएकी थिइन रमिला
फागुन १७ गते शुक्रबार राती गुरुङसंगै विराटचोकको हावना होटल गएकी राई एकाएक वेपत्ता भए । यसरी रमिला एक्कासी वेपत्ता भएपछि उनको परिवारले योगेन्द्र गुरुङलाई फोन गरि सोध पुछ गरे । गुरुङले उनलाई रातीनै घर सम्म पु¥याई दिएको बताएका थिए । रमिला वेपत्ता भएको जाहेरी इलाका प्रहरी कार्यालय बेलबारीमा दिए लगत्तै नजिक जंगल खोलामा प्रहरीले तिब्र रुपमा खोजी गरे । सोही घटना वारे गुरुङले पनि प्रहरीलाई रिर्पोट गरेका थिए । वेपत्ता रमिलाको पत्तो नलागेपछि प्रहरीले भाग्दै गरेका गुरुङलाई इलामबाट फागुन १७ गेत बेलुका नै पक्राउ गरेको थियो । पक्राउ पश्चात गुरुङले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए । उनले कोशी व्यारेजमा शव फालेको बयान दिएका हुन ।
गुरुङले युवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ हेर्दा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको र शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पुर्व लागेको देखिएको प्रहरी बताउँछ ।

रमिला र योगेन्द्र प्रेम सम्वन्धको चर्चा
रमिला राई र योगेन्द्र गुरुङ दुवै विवाहित हुन् । रमिलाले तेह्रथुममा विवाह गरेर श्रीमान् संग अलग भई बेलबारीमा बसोवास गर्दै आएका थिए । रमिलाको एक जना ७ वर्षिय छोरी छन् । योगेन्द्र गुरुङको भने दुई सन्तान रहेको छ । उनका श्रीमती छोराछोरी काठमाण्डौंमा छन् ।
योगेन्द्र साविक बेलबारी नगरपालिकाका एमालेका पूर्व नगर अध्यक्ष हुन् उनी । रमिला र योगेन्द्रको विषयमा गाउँमा टिका टिप्पणी यस अघि नभएको हैन । उनीहरु दूईजनाको साना तिना झगडा परेको पनि गाउँलेहरुले सुनेका थिए । यति हुदा हुँदै पनि संगै हिडडुल गर्ने गरेको स्थानीयहरुको भनाई छ । सोही क्रममा गुरुङले रमिलालाई आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको पनि अहिले सार्वजानिक भएको छ । यसैलाई स्थानीयहरुले प्रेम र यौनको सम्वन्धसँग तुलना गरेर हेरेको पाइएको छ ।

समाचार श्रोत : आवर विराटनगर

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: