जोगवनीमा नेपाली नम्बरको ईन्धन बोकेको ट्याङ्कर दुर्घटना

जोगवनीमा नेपाली नम्बरको ईन्धन बोकेको ट्याङ्कर दुर्घटना

विराटनगर, जोगबनी फारबिसगंज मुख्य सडक खण्डमा ईन्धन बोकेको नेपाली ट्याङ्कर दुर्घटनामा परेको छ । जेनिथ पब्लिक स्कूलको सामुने नेपाली नम्बरको ट्याङ्गकर खाल्डोमा दुर्घटनामा परेको हो ।

भारतबाट तेल लिएर नेपाल तर्फ आउँदै गरेको को १ ख ५९३७ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याङ्क विराटनगर निवासी महेश अग्रवालको रहेको खुल्न आएको छ । ट्याङ्कर चालक सुलेमानले पानीले बाटो भिजेकोले साइड गर्न खोज्दा अनियन्त्रित भएर पल्टिएको हो ।

ट्याङ्कर पल्टेको खबर स्थानीयहरुले जोगबनी प्रहरीलाई गराउने बित्तिकै प्रहरीहरु घटना स्थलमा पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा त्यहाँका केही व्यक्तिहरु तेल लुटेर भाग्ने योजनामा थिए । तर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएर ट्याङ्करलाई निकालेका थिए ।

सम्बन्धित खवर