१ नम्बर प्रदेशमा चट्याङले लागेर ४ जना घाईते, २ वटा चौपायाको मृत्यु

१ नम्बर प्रदेशमा चट्याङले लागेर ४ जना घाईते, २ वटा चौपायाको मृत्यु

आज (मंगलबार) बिहान आएको हावाहुरी र पानीसंगै चट्याङ पर्दा चट्याङको झिल्काले लागेर १ नम्बर प्रदेशका बिभिन्न स्थानमा ४ जना घाईते भएका छन् भने २ वटा चौपाया मरेका छन् । आज बिहान ९ बजेको समयमा ईलाम नगरपालिका ६ गढीमा चट्याङको झिल्काले लागेर स्थानीय ३३ बर्षीय दिनेश गुरुङ र ४१ बर्षीय बम बहादुर लिम्बु घाईते भएका छन् । घाईते दुवै जनाको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको छ भने तत्कालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका ११ मा स्थानीय फुलमाया बर्देवाको घरमा चट्याङ पर्दा चट्याङको झिल्काले लागेर ४७ बर्षीया फुलमाया बर्देवा र ४२ बर्षीया कृणा बर्देवा घाईते भएका छन् घाईते दुवै जनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा रण बहादुर मगरको गोठमा चट्याङ पर्दा गोठमा रहेको गाई मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ भने खोटाङको खोटाङरावावेशी गाउँपालिका २ का दल बहादुर कामीको गोठमा रहेको गाई पनि चट्याङको झिल्काले लागेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित खवर