प्रहरी निरिक्षकले पैसाकाे भरमा मुद्दा हेर्न थालेको अाराेप

प्रहरी निरिक्षकले पैसाकाे भरमा मुद्दा हेर्न थालेको अाराेप

अर्जुन जम्नेली, पथरी

मोरङको पथरीशनिश्चरे स्थित इलाका प्रहरी कार्यालय पथरीका प्रमुख इन्स्पेक्टर कमल बजगाइ शान्ति सुरक्षा भन्दा पनि पैसाको भरमा मुद्धा हेर्ने गरेको जनगुनासो आउन थालेको छ ।

शान्ति सुरक्षा, बलत्कार, चोरी लगायतको बिषयमा इलाकामा आउने मुद्धाहरुमा पहुुँच र पैसाको भारमा मुद्धा दर्ता गर्ने र सोही अनुसारको व्यवहार गर्ने गरेको गुनासो आउन थालेको छ ।

केही दिन अघि पारिवारिक कलहको भारमा एक व्यक्ति माथि छोरी बलत्कार जस्तो गम्भीर प्रकृतिको मुद्धा चलाइएपछि प्रहरी निरीक्षक बजगाई पैसा र पहुुँचको भरमा व्यक्ति वा समुहलाई व्यवहार गर्ने गरेको गुनासो गरेका हुन््। पथरीशनिश्चरे—१ मै १५ बर्षिया छोरीले आफ्नै बाउमाथि बलत्कार प्रयास भएको आरोप लगाएका थिए । छोरीले आरोप लगाउन साथ छरछिमेकीहरुले कम्तिमा २४ घण्टा छानविन गरे मात्र मुद्धा दर्ता गर्न प्रनि बजगाईलाई सुझाउदा सुझाउदै ती व्यक्ति माथि मुद्धा दर्ता गरिएको पुष्प तिम्सिनाले बताए । ५५ बर्ष नाघेका ती व्यक्तिलाई आफ्नै पूर्व पत्निले सुनियोजित रुपमा फसाएको तिम्सिनाको भनाइ छ । लामो समयदेखि पारिवारिक कलहमा फसेकोले अलिक अनुसन्धान गरेर मात्र मुद्धा दर्ता गर्नुपर्ने सल्लाह दिदादिदै प्रहरी आर्थिक प्रलोभनमा फसेर तुरुन्त मुद्धा चलाएको तिम्सिनाको भनाइ छ ।

आरोपित व्यक्तिको एक छोरासहित चार सन्तान रहेको छ । दुई छोरीको विवाह भइसकेकोले घरमा कान्छि छोरी र छोरा छन् । करिव ९९ प्रतिशत छरछिमेकीहरु छोरी बलत्कारको आरोपित व्यक्तिलाई पूर्व पत्नि र प्रहरी लागेर फसाएको बताउदै आएका छन् ।

यस्तो थियो पारिवारिक कलह
छोरीलाई करणी गरेको आरोपित व्यक्ति १० बर्ष साउदीअरवमा वैदेशिक रोजगारीमा बसेर गए दशैंमा आएका हुन् । पति आउनुभन्दा अघि पत्निले एक तले पक्कि घरमा भएको सम्पूर्ण सामाग्रीहरु थालभाडा, खाटपलङ, सत्ता कपडा सम्पूर्ण सामाग्री निकालेर लगेको खिनाकुमारी थापाले बताए । पति आउनु अघि भदौंमा सम्पूर्ण सामाग्रीहरु घरबाट निकालेका थिए । पति दशैमा घर आएपछि उर्लाबारी मंगलबारेमा भएको जग्गाा अर्को ठाउँ किन्ने भन्दै विक्री गरेर पैसा आफैले लिएका थिए । जग्गा बेचेर पनि अर्को ठाउँमा जग्गा किनेका छैनन् ।

आरोपित व्यक्ति सोझो र घरमा भएका कलिलो छोराछोरीलाई फकाइ फुलाई सम्पूर्ण सम्पति आफ्नो कब्जामा लिएपछि पतिलाई विराटनगर जिल्ला अदालत लगेर गएको फागुन १३ गते छोडपत्र गराएका थिए । छोडपत्र गराएपछि पनि पूर्व पतिकै घरमा आएर बस्न थालेपछि छरछिमेकीहरु समेत लगेर घरबाट निकाली दिएको पुष्प तिम्सिनाले बताए ।

पति घर आउनु अगाडि सम्पूर्ण सामाग्री अन्त लानु, जग्गा विक्री गरेर अर्को स्थानमा नकिन्नु, सहकारीमा भएको पैसा झिकेर लगिसकेपछि छोडपत्र गर्नु पूर्व पत्निको सुनियोजित षड्यान्त्र भएको पर्शुराम धमलाले बताए । छोडपत्र नगरी घरमा हुने सामान्य झगडामा ती महिलाले छोरी बलत्कार मुद्धामा फसाइदिने धम्कि पटक पटक दिएको छिमेकीहरु बताउछन् । पतिले कमाएको ३० लाख भन्दा बढी सम्पति पत्निले कब्जा गरिसकेर छोडपत्र गराएको पुष्प तिम्सिनाले बताए ।

गत सोमबार आरोपित व्यक्तिलाई प्रहरीले पक्रेपछि छिमेकीहरुसँगै प्रहरी कार्यालय पुगेका थिए । घट्नाको अध्ययन गरेर मात्र मुद्धा दर्ता गर्न अनुरोध गर्दा प्रहरी इन्स्पेक्टर छिमेकीहरुसँग झर्को फर्को गर्दै दुव्र्यावहार गरेको पुष्प तिम्सिनाले बताए । सारा छिमेकीहरुको कुरा नसुन्ने र समाजमा नैतिक पतन भएको व्यक्तिको आर्थिक प्रलोभनमा परेर प्रहरी इन्स्पेक्टर कमल बजगाईले छोरी बलत्कार जस्तो गम्भीर मुद्धा चलाएर सोझासिधा व्यक्ति माथि अन्याय गरेको पुष्प तिम्सिनाले बताए । ती महिला सबै सम्पति लिइसकेर पनि ऐलानी करिव ३ धुर जग्गामा बनेको एक तले घर समेत कब्जा गर्न बलत्कार मुद्धा दर्ता गरेको पर्शुराम धमलाको भनाइ छ । प्रहरीले सिधासाधा व्यक्तिलाई सहयोग गर्नुपर्नेमा उल्टै अन्यय गरेको पुष्प तिम्सिनाको भनाइ छ ।

छरछिमेकीहरु जाँदा आरोपित व्यक्तिलाई भेट्ना नदिने, आरोपित व्यक्तिलाई अन्यय भयो भन्दा ठेलेर प्रहरी परिसर बाहिर निकाल्ने जस्तो दुव्यवाहार हुदैआएको छिमेकीहरुको भनाइ छ । प्रहरी इन्स्पेक्टर कमल बजगाई अस्वभाविक व्यवहार गर्नुले पनि मुद्धामा आर्थिक चलखेल भएको छिमेकीहरुको भनाइ छ ।
आरोपित व्यक्ति अक्षर नछिन्ने र मोवाइलको नम्बर समेत डाएल गर्न नजान्ने भएको कारण पत्नि तथा प्रहरीले पीडितलाई झन पीडित बनाएको छिमेकीहरुको भनाइ छ । पीडितको पूर्व पत्निले गंगाप्रसाद पोख्रेल भन्ने व्यक्तिको योजनामा सबै याेेजना भएकाे छिमेकीहरुको भनाइ छ । अन्ययमा परेका व्यक्ति माथि झन अन्यय गर्ने प्रहरी इन्स्पेक्टर कमल बजगाई माथि छानविन हुनुपर्ने र पीडितको सम्पूर्ण सम्पति पूर्व पत्निले कहा लगेर राखेका छन् फिर्ता गरेर छोरामा नाममा ल्याउन पहल गर्नुपर्ने पुष्प तिम्सिनाले बताए । छोडपत्र भइसकेको हुनाले आरोपित व्यक्तिको घरमा पूर्व पत्नि आउन नहुने छोरी वलत्कारको मुद्धा प्रमाणित नभएमा उजुरी गर्ने व्यक्तिलाई समेत कारबाही हुनुपर्ने छिमेकीहरुको माग रहेको छ । प्रहरी इन्स्पेक्टर कमल बजगाईले भने छोरीले रोइरोई उजुरी दिएकोले मुद्धा दर्ता गरिएको बताए ।

सम्बन्धित खवर