मृगौला पिडित शम्सेरलाई कांग्रेसको सहयोग

मृगौला पिडित शम्सेरलाई कांग्रेसको सहयोग

पथरी, मोरङको पथरीशनिश्चरे ३ का शम्सेर विकलाई कांग्रेस पथरीशनिश्चरेले ६३ हजार ५७० रुपैया सहयोग गरेको छ । वार्ड सभापति, नगर समिति लगाएतले संकलन गरेको सो रकम सोमबार पथरीमा शम्सेरकी श्रीमति शान्ता विकलाई हस्तान्तरण गरिएको छ ।

शम्सेरका दुवै मृगौला फेल भएपछि हाल नेवेल अस्पताल विराटनगरमा नियमित डायलासिस गराइरहेका छन् । नगरको वडा नं. १ बाट २६ हजार २६०, वडा नं. ९ बाट १२ हजार ४६० र नेपाल महिला संघबाट २२ हजार ५०० र अन्य क्षेत्रबाट २ हहजार ३५० रुपैया संकलन भएको रकम संकलनमा जुटिरहेका धन कुमार तामाङले बताए । नेवेल मेडिकलले शम्सेरको उपचारमा निकै राम्रो सहयोग समेत गरिरहेको तामाङले बताए ।

सम्बन्धित खवर