नगरका योजना अनुगमन

नगरका योजना अनुगमन

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजना अनुगमनका क्रममा आइतबार अनुगमन टोलीले ३ वटा योजना अनुगमन गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन टोली संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितका अनुगमन सदस्यले सडकका योजना अनुगमन गर्नुभयो ।

जसमा, डेढ लाख रुपैयाँको लागतमा वडा नम्वर ४ स्थित पोषण पोखरेलको घर उत्तरको नाला खन्ने सहितको सडक स्तोन्नती योजना अनुगमन भएको छ । त्यसैगरी, ६ नम्वर वडाको भातेगौंडास्थित राधा अधिकारीको घर पश्चिम ६ नम्वर मरिया वक्राहा हुँदै नेवार कान्छाको घरसम्मको ४ किलोमिटर ७ सय मिटर दुरीको सडक स्तरोन्नती कार्यको अनुगमन गरिएको छ । ५ लाख ६१ हजार ४ सय ४९ रुपैयाँको लागतमा सडक स्तरोन्नती भएको हो ।

उता, २ लाख २४ हजार ८ सय ९५ रुपैयाँको लागतमा वडा नम्वर ८ को शुक्रवारे बजार व्यवस्थापनका रुपमा टहराको व्यवस्थापन कार्यको पनि अनुगमन सम्पन्न भएको टोली संयोजक वास्तोलाले वताउनु भयो ।

टोलीले वडा नम्वर ४ र ६ को सिमानामा पर्ने पिप्ले खोलामा निर्माण भइरहेको पुलको समेत निरीक्षण गरेको छ ।

सम्बन्धित खवर