३ महिने कम्प्युटर अपरेटर तालिम

३ महिने कम्प्युटर अपरेटर तालिम

पथरी, प्रदेश नम्वर १ को प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरमा ३ महिने निःशुल्क कम्प्युटर अपरेटर तालिम सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत वडा नम्वर १ को सुनाखरी माध्यामिक विद्यालयद्धारा आयोजित सो तालिमको उद्घाटन् गर्नुभयो ।

उद्घाटन्का क्रममा उहाँले समय र अवसर दुवै भएका युवा पुस्ताले ज्ञानलाई सीपमा र सीपलाई रोजगारीमा परिणत गर्न यसखाले तालिमले सघाउने वताउनु भयो ।

कार्यक्रममा, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, सीटीइभीटीका प्रदेश निर्देशक शिवप्रसाद दहाल, सुनाखरी माविका व्यवस्थापन समिति अध्यक्ष कुमार चाम्लिङ र प्रधानाध्यापक केशवप्रसाद शर्माले मन्तव्य व्यक्त गर्नुभयो ।

तालिममा ३ समूहमा गरी ५० भन्दा बढीको सहभागिता रहने उल्लेख छ ।

सम्बन्धित खवर