संखुवासभा र झापामा सवारी दुर्घटना, २ को मृत्यु ३ घाइते

संखुवासभा र झापामा सवारी दुर्घटना, २ को मृत्यु ३ घाइते

प्रदेश नम्बर १ को संखुवासभा र झापा जिल्लामा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका(४ खेवरिङ भन्ने स्थानमा सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहान ९ बजे स्काभेटर लगाएर बाह्रबिसे बजारदेखि सडक खन्ने क्रममा माथिबाट ढुंगा खसेर स्काभेटरमा लाग्दा स्काभेटर उछिटिएर सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा स्काभेटर चालक सिन्धुपाल्चोक जुगलगाउँपालिका १ बस्ने बर्ष २१ को पतरुस श्रेष्ठको घटनास्थलमा नै मृत्युभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

त्यसैगरी मेची राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १२ खरेडागीमा टेम्पोलाई मोटरसाईकलले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।उत्तरबाटदक्षिण तर्फआउँदै गरेको मे१ह५३१० नम्बरको टेम्पो बाटोकाट्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बा८१प८०५ नम्बरको मोटरसाईकल पछाडि बाट ठोक्किएर दुर्घटना भएको थियो । बिहान साढे ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाईकल चालकविर्तामोड नगरपालिका २ बस्नेवर्ष २४को सौरभ घिमिरे गम्भीर घाइते भई उपचारको लागि वि.एण्ड.सी.अस्पताल विर्तामोडलैजाने क्रममा बाटोमानै मृत्युभएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलको पछाडी सवार विर्तामोड नगरपालिका ८ बस्ने वर्ष २७ की सीता भट्टराई, टेम्पोचालक मेचीनगर नगरपालिका १२बस्ने बर्ष ५६ को राज फागो घाइते भई वि.एण्ड.सी.अस्पताल विर्तामोडमा उपचारभईरहेको छ भने टेम्पोमा सवार झापा बुद्धशान्ति गाउँपालिका ३ बस्ने वर्ष ७१ को कुलबहादुर चेम्जोङको मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित खवर