तीनजना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पूर्व प्रहरी असई पक्राउ

तीनजना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पूर्व प्रहरी असई पक्राउ

इटहरीमा एकै व्यक्तिले तिनजना बालिकालाई जवरजस्र्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पैसा र खानेकुराको प्रलोभन देखाइ इटहरी ३ का ५० बर्षिय देवीबहादुर लिम्बुले सोही स्थान बस्ने बालिकाहरुलाई जवरजस्र्ती करणी गरेको आरोपमा शनिबार पक्राउ गरेको हो ।

स्थानियले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । लिम्बुले एक बालिकालाई एक बर्षदेखि लगातार जवरजस्र्ती करणी गरेका थिए भने अन्य दुई बालिकालाई पनि जवजस्र्ती करणीको प्रयास गरेको बताइएको छ । पिडित बालिकाहरुका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्बु बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । लिम्बु नेपाल प्रहरीका पूर्व प्रहरी (असई) हुन । उनले बालिकाहरुलाई बजार घुमाउन लानुको साथै घरमै खाने कुरा र पैसाको प्रलोभन देखाउने गरेको पिडित परिवारले बताएका छन् ।

पिडित बालिकामध्ये एक जनालाई भने लिम्बुले घर र जंगलमा लगेर धेरै पटक जबरजस्र्ती करणी गरेको बताइएको छ । दुईजना बालिकालाई भने संम्वेदनशिल अंगहरुमा हात लगाउने गरेको पिडित परिवारले बताएका छन् । ‘टोलमा हल्ला भएपछि बालिकाहरुलाई बुझ्दा घटना यर्थात रहेछ’ पिडित मध्येका एक बालिकाका बुबाले भने ‘छोरीमाथि परेको अन्याय बिरुद्ध प्रहरी कहाँ आएका हौ’ । महिला प्रहरीले पनि छोरीमाथि धेरै पटक करणी भएको भनेर भनेको उनले बताए ।

यस्तै अर्काे पिडित बालिकाकी आमाले पनि छोरीलाई कपडा खोल्न लगाएर संम्वेदनशिल अंगमा हात लगाउने र जवजस्र्ती गर्ने गरेको बताईन । घरमा बोलाएर यस्तो हर्कत गरेपछि छोरीले डराउदै घरमा भनेपछि आफुहरुले थाहा पाएको उनले बताईन । टोलमा लिम्बुले ति बालिकाहरुलाई भान्जी भनेर बोलाउने गर्दथे । पिडित बालिकाहरु सबै ११ बर्ष उमेरमा छन् । यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले घटना संम्वेदनशिल भएको बताउदै अनुसन्धान पछि जानकारी दिने बताए । पक्राउ परेका लिम्बुलाई म्याद थपको लागी सुनसरी जिल्ला अदालत लगिएको बताए ।

सम्बन्धित खवर