दूधेमा आगलागीबाट एक घर जल्दा ७ लाख बढीको क्षति

दूधेमा आगलागीबाट एक घर जल्दा ७ लाख बढीको क्षति

शिवसताक्षीे दूधेमा आगलागीबाट काठको दुईतलेको घरको माथिल्लो तला जलेर नष्ट भएको छ । शिवसताक्षी ११ स्थित दूधे बजारमा आइतबार अन्दाजी दिउँसो १ः३० बजे घरमा आगलागी भएको हो ।आगलागीबाट स्थानीय भगीरथ शिवकोटीको करीब ७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

शिवाकोटीले उक्त घर शंकर ठाकुर र अम्मर भुजेललाई डेरा बस्न दिएको थिए । आगलागीबाट ठाकुर र भुजेलको सम्पूर्ण समान जलेर नष्ट भएको छ ।प्रत्यक्षदर्शीका अनुसार घरमा कोही नभएको बेला अचानक आगो लागेको जानकारी दिए । विजुली सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ । आगलागी स्थानीयबासी, प्रहरी र दमक नगरपालिकाको दमकलले एक घण्टा पछि नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर