काठको मुडा ले लागेर एक जनाको मृत्य

काठको मुडा ले लागेर एक जनाको मृत्य

डम्बर सिन्चिउरी, जाँते

माेरङकाे लेटाङ ९ जाँते स्थित धार्मिक चौक पश्चिम स्थानिय वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समुहको काठ संकलन केन्द्र (घाट गद्दी)मा काठको मुडाले लागी एक जना स्थानिय युवकको मृत्यु भएको छ ।

उक्त घटनामा परी स्थानिय समाजसेवि नारायण अालेका छोरा बर्ष २८ का उमेश अालेको शनिवार साँझ अन्दाजी ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यलय लेटाङका प्रहरी सहायक निरिक्षक दिपक कटुवालले जनाएका छन् । ट्रयाक्टरमा जंगल बाट ल्याएकोमुडा अनलोड गर्ने क्रममा काठको मुडा उछुट्टिएर पेटमा लागी घाईते भएका उमेशको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ । एक छोरा एक छोरी का पिता उमेश परिवारका जेठा छोरा हुन् उनका कान्छा भाइ बैदेशिक रोजगारिमा रहेको पारिवारीक श्रोतले जनाएको छ ।

सामुदायिक वनमा हाल लागू गरिएको बैज्ञानिक बनको अबधारणा अन्तरगतका बलक्कहरुबाट हरेक वर्ष काठ निकालिने गरिन्छ । यसरी निकालिने काठ संकलन गरी संकलन केन्द्र सम्म ल्याएर थन्काउने काम स्थानिय युवाहरुको समुहले गर्ने गर्छन् । यस्तै संकलन गरी ल्याएको काठ अनलोड गर्ने क्रममा नै सो घटना भएको संस्थाका अध्यक्ष सन्त राईले बताएका छन् । यस भन्दा अघि सना तिना चोट पटक लाग्ने गरेकै हो तर यस पटक भने अतिनै नसोँचेको घटना घट्न पुगेको अध्यक्ष राईले वताएका छन् ।

प्रसाशनिक कार्य पुरागरी उनको अाजै मगर सँस्कार अनुसार स्थानिय सोल्टि खोलामा अन्त्यष्ठि गरिएको छ ।

सम्बन्धित खवर