कडा सुरक्षाका बिच एसइइमा चिठ चोराउँदै

कडा सुरक्षाका बिच एसइइमा चिठ चोराउँदै

सुनसरी, आईबारदेखि सुरु भएको एसईई परीक्षामा केही परिक्षा केन्द्रहरुमा भने कडा सुरक्षाका बिच चिठ चोराउने गरेको पाइएको छ । यो वर्ष देशैभरिका ४ लाख बढी परीक्षार्थीहरु एसइइमा सहभागी भएका छन् ।

बाहिरबाट कडा सुरक्षा दिइरहेको केन्द्रमा भित्र भने सेटिङमा चिठ चोराउने काम भइरहेको छ । सुनसरीको गढिगाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक बिधालय र दुहबी ११ स्थित गोपाल माध्यमिक बिधालयको परिक्षाहलमा चिट चोरी भईरहेको देखिएको हो । सुरक्षा व्यवस्था यती कडा छ कि जहाँ पत्रकारहरुलाई समेत प्रबेश दिइएन । भित्रको माहोल बाहिर आउने डरले बाहिरको सुरक्षा व्यवस्था कडा गरिएको छ तर भित्र भने खुलेआम रुपमा परिक्षा हलका लागि खटिएका गार्डले आफैँ चिठ चोराइरहेका छन् ।

सुनसरीका यी दुई केन्द्रमा देखिएको दृश्यमा बाहिरबाट सुरक्षाकर्मीहरु तैनाथ गरिएपनि भित्रबाट भने सेटिँग गरेर परीक्षार्थीहरुलाई चिट चोरी गराइएको पाइएको छ । यस्तो अमर्यादित तरिकाले परिक्षा सञ्चालन भइरहेका केही केन्द्रमा पत्रकारलाई समेत प्रवेश निषेध गरिएको थियो ।

सम्बन्धित खवर