सुन्दरहरैंचामा माइक्रो दुर्घटना, १३ बर्षीय बालकको मृत्यु

सुन्दरहरैंचामा माइक्रो दुर्घटना, १३ बर्षीय बालकको मृत्यु

मोरङ, मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा माइक्रोबस दुर्घना भएको छ । आईतबार बिहान भएके सो दुर्घनामा परि एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित हँुदा पैदलयात्री धरान बस्ने १३ वर्षीय सबिन मग्रांतीको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । अनियन्त्रित भएको माइक्रो सडक किनारमा रहेको पिपलको रुखमा ठोकिएको थियो ।

दुर्घटनामा माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।

सम्बन्धित खवर