आफ्नै जिउमा आगो लगाउँदा गयो ज्यान

आफ्नै जिउमा आगो लगाउँदा गयो ज्यान

महोत्तरी, महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरमा एक पुरुषले आफ्नै जीउमा आगो लगाएर ज्यान फलेका छन् ।

रामगोपालपुर–५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखियाले आफ्नै जीउमा आगो लगाएका थिए । उनको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए । उनको गए राति करीब ८ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।

मुखिया के–कति कारणले आफँैले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव परीक्षणपश्चात परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित खवर