दोहोरो स्वामित्व तथा अव्यवस्थित वसोवासको समस्या समाधानको पहल गर्न सर्वपक्षीय समिति गठन

दोहोरो स्वामित्व तथा अव्यवस्थित वसोवासको समस्या समाधानको पहल गर्न सर्वपक्षीय समिति गठन

पथरी, मोरङको पथरीशनिश्चरे क्षेत्रमा लामो समयदेखि जकडिएर रहेको जग्गाको दोहोरो स्वामित्व तथा अव्यवस्थित वसोवासको समस्या समाधानको पहल थाल्न नगरको सर्वपक्षीय समिति गठन भएको छ ।

नगर कार्यपालिकाको यस अघिको निर्णयले गठित ‘दोहोरो स्वामित्व तथा अव्यवस्थित वसोवास समस्या समाधान पहल समिति’ को आज बसेको बैठकले सोही समितिलाई नै सर्वपक्षीय समितिका रुपमा अघि बढाउने निर्णय गरेको छ । यस अघि नगर कार्यपालिकाले नगरमा क्रियाशील दलहरुबाट २,२ जना, ३ वटा पूर्व गाविस अध्यक्ष सहित रहने गरी समितिको निर्णय गरेको थियो । बैठकले, पद विभाजन गर्दै नगर प्रमुख दिलिपकुमार राई संयोजक, उपप्रमुख यमुना विष्ट वास्तोला सहसंयोजक तथा नगरपालिकाले तोकेको अधिकृत सदस्य सचिव तथा दलका प्रतिनिधि, पूर्व गाविस अध्यक्ष, पूर्व नगर विकास समिति अध्यक्षलाई सदस्यका रुपमा राखेर समिति निर्माण गरेको छ ।

समितिले नगरकै प्रमुख समस्याका रुपमा ४० वर्षदेखि रहेको सो समस्या समाधानका लागि जग्गासँग सम्वन्धित पक्षसँग छलफल गर्ने नगर प्रमुख एवम् समितिका संयोजक दिलिपकुमार राईले जानकारी दिए ।

सम्बन्धित खवर