कुटो कोदाली कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, एम्वुलेन्स सेवाको उद्घाटन्

कुटो कोदाली कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, एम्वुलेन्स सेवाको उद्घाटन्

पथरी, मोरङको पथरीशनिश्चरे ६ मा अवस्थित कुटो कोदाली कृषि सहकारी संस्थाले आज सम्पन्न दोस्रो वार्षिक साधारणसभा कार्यक्रममाझ एम्वुलेन्स सेवाको उद्घाटन् गरेको छ । संस्थामार्फत सञ्चालन गरिने एम्वुलेन्सको नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख राईले कृषिमा आधारित नगरपालिकामा कृषि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा, नगर प्रमुख राईले नेपाल सहकारी वैंकका विराटनगर अधिकृत प्रभू पोखरेललाई सम्मानित गरे । संस्थाका अध्यक्ष राजकुमार माझीले नगरका ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, सुनवर्षी नगरपालिका २ का अध्यक्ष प्रताप तामाङ र धनकुटा नगरपालिका ३ का विकास घिमिरेलाई सम्मानित गरे । साथै उत्कृष्ठ सहकारीका रुपमा पथरीशनिश्चरे २ को लर्डवुद्ध सहकारीलाई पनि सम्मानित गरिएको छ ।

साथै सस्थाले उत्कृष्ठ कारोवार गर्ने सस्थाका ४ जना सेयर सदस्य समशेरबहादुर भण्डारी, तुलसा दंगाल, अमर चन्द«वंशी र विष्णु तामाङ तथा उत्कृष्ठ कर्मचारीका रुपमा टंक श्रेष्ठलाई सम्मान गरिएको कार्यक्रम संयोजक एलवी भण्डारीले वताए । २०७३ सालमा स्थापना भएको सो सस्थाले वडा नम्वर ५ र ६ मा दुध संकलन केन्द्र खोलेर दैनिक १ हजार ५ सय लिटर दुध संकलन गरेको उल्लेख छ । शेयर सदस्यलाई विना व्याज एक महिनाका लागि १५ हजारसम्म दिने तथा दुध प्याकेजिङ मेसिन तथा कोल्डस्टोर समेत खडा गर्ने संस्थाले लक्ष्य राखेको छ ।

हाल ३ सय जना शेयर सदस्य रहेका छन् भने आगामी दिनमा सो सङख्यालाई वढाएर ५ सय पु¥याउने लक्ष्य सस्थाले लिएको छ ।

सम्बन्धित खवर