मोरङको कानेपोखरीमा दुर्घटना २ को मृत्यु ७ घाइते

मोरङको कानेपोखरीमा दुर्घटना २ को मृत्यु ७ घाइते

पथरी, पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका(७ मा शनिवार भएको सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनर लाई काठमाण्डौ बाट झापा तर्फ आउँदै गरेको बा. ११ च. ७९४८ नम्बरको टाटासुमो गाडीले पछाडी बाट बिहान ५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका ४ बस्ने बर्ष ४७ को रामकुमार आछामी र गौरादह बस्ने बर्ष ३५ को प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुर्घटनामा मृत्यू भएका रामकुमार आछामीको उर्लाबारीको मंगलबारे अस्पतालमा राखिएको छ भने प्रकाश मगरको न्यूरो अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुमोमा सवार गौरादह बस्ने बर्ष ३८ को बबिता मगर, गौरादह बस्ने बर्ष १४ की प्रबिका मगर र बर्ष ५५ को दुर्गा मगर गम्भीर घाइते भएका छन् । गौरादह बस्ने बर्ष ४५ को योगेश न्यौपाने, जिल्ला काभ्रे बस्ने रमेश तामाङ,। पाँचथर मिक्लाजुङ गाउँपालिका (५बस्ने बर्ष ४० को हरीप्रसाद नेङवाङ, सुमो चालक दमक नगरपालिका २ बस्ने बर्ष ३७ को कुल बहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका २ बस्ने बर्ष ४८ कोलक्ष्मण अधिकारी घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि स्थानीय अस्पताल पथरी हुँदै थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित खवर