नगरले द्वन्द प्रभावितहरुको लागि दिगो सहयोगी कार्यक्रम बनाउनु पर्ने पीडितहरुको भनाई, तथ्यांक संकलन गरी योजना बनाइने

नगरले द्वन्द प्रभावितहरुको लागि दिगो सहयोगी कार्यक्रम बनाउनु पर्ने पीडितहरुको भनाई, तथ्यांक संकलन गरी योजना बनाइने

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका द्वन्द प्रभावितहरुले नगरपालिकाले आफ्नो जीवनका लागि दिगो रुपमा सहयोग पुग्ने कार्यक्रम बनाउनु पर्ने वताएका छन्। कुर्भे वेस्ट्रोको सहयोगमा मानव अधिकारका लागि एकल महिला समूहले पथरीशनिश्चरे नगरमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा समूहकी अध्यक्ष रीता गिरीले नगरले द्वन्द प्रभावितको जीवनउपयोगी योजना बनाउनु पर्ने बताउनु भयो । द्वन्द प्रभावित महिलाको सत्य तथा मेलमिलाप आयोगद्धारा न्यायमा पहुँच सम्वन्धि अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले द्वन्द प्रभावितहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि योजना बनाउने बताए । उनले तथ्यांक संकलनको कामको तयारी भइरहेको पनि बताए ।

उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला लक्षित कार्यक्रमको सीपमुलक तालिमहरुमा सो समूहका महिलालाई सहभागि बनाएर लाने प्रतिवद्धता जनाए । सो समूहको विराटनगर महानगरपालिका तथा सुन्दरहरैंचा, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिकामा शाखा छ। प्रदेश नम्वर १ मा द्वन्द प्रभावितको १ हजार ५ सय वटा उजुरी परेको तथ्यांक छ ।

सम्बन्धित खवर