एसईई परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने

एसईई परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने

आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षाका लागि देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनमा कमी आएको परिषद्का प्रमुख विष्णु प्रसाद अधिकारीेले जानकारी दिए ।

गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्षको परीक्षामा दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।

परीक्षाका लागि देशभरबाट एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन् । गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए ।

सम्बन्धित खवर