भोजपुरमा सवारी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । आज बिहान ११ बजेको समयमा भोजपुर नगरपालिका ९ मा दिङलाबाट भोजपुर तर्फ आँउदै गरेको को १ ज २२६७ नम्बरको बलेरो अनियन्त्रीत भई दुर्घटना हुँदा चालक केपीलासगढी गाउपालिका खोटाङका( २६ बर्षीय कुमार राई, भोजपुर नगरपालिका ४ बस्ने वर्ष २४ को गणेश खड्का,षडानन्द नगरपालिका १० बस्ने वर्ष ३६ कि सरिता तामाङ, सरिता तामाङकि छोरी वर्ष ६ कि मिङ्मा४ तामाङ र वर्ष २७ किरन्जितातामाङ घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
