ताप्लेजुङमा आगलागीबाट १ जनाको मृत्यु

ताप्लेजुङमा आगलागीबाट १ जनाको मृत्यु

 

ताप्लेजुङको मेरिङदिन गाउँपालिका(२ सान्थाक्रामा भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । हिजो राती ९ बजेको समयमा स्थानीय जित बहादुर आङवुङ लिम्बुको घरमा भएको आगलागीमा परी निजको श्रीमती बर्ष ३५ की बुद्धमाया आङवुङको आगोले डढेर मृत्यु भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ । उक्त आगलागी ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती १० बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो

सम्बन्धित खवर