दक्षिण अफ्रिकी मुलुकमा समुद्री चक्रवातले विध्वंस मच्चायोः एक हजार बढीको मृत्यु, २५ लाख प्रभावित

दक्षिण अफ्रिकी मुलुकमा समुद्री चक्रवातले विध्वंस मच्चायोः एक हजार बढीको मृत्यु, २५ लाख प्रभावित

संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएका हुन् । राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा भएको मैसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने जनाएको छ ।

चक्रवातले सबैभन्दा बढी मोजाम्बिक, जिम्बाब्वे र मलावी प्रभावित भएका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिपे न्युसीले चक्रवातका कारण आफ्नो मुलुकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । चक्रवात प्रभावित मुलुकहरुबाट २५ लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा प्रभावित भएको बताइएको छ ।

मोजाम्बिक सरकारले बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । चक्रवातका कारण बुजी नदी फुटेर ५० किलोमिटर क्षेत्र डुवानमा परेको बताइएको छ । अहिले पनि कयौं मानिस पानीमा डुबेरै उद्धारको प्रतिक्षा गरिरहेको सहायताकर्मीहरुलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठाउँठाउँमा राजमार्गमा पहिरो जाँदा उद्धारमा समेत समस्या भएको छ । रेडक्रसले प्रभावित क्षेत्रमा हैजा र पानीजन्य प्रकोपहरू फैलन सक्ने चेतावनी दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: