उपत्यकामा होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने पक्राउ, ५३६ सवारी साधन नियन्त्रण

उपत्यकामा होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने पक्राउ, ५३६ सवारी साधन नियन्त्रण

उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जबरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवान्छित गतिविधिमा संलग्न ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीले ५ सय १५ मोटरसाइकल र ४ वटा गाडी नियन्त्रणमा लिएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर