पथरीमा हात्तीपाइले राेग उन्मुलनमा ९० प्रतिशत उपलब्धी

पथरीमा हात्तीपाइले राेग उन्मुलनमा ९० प्रतिशत उपलब्धी

पथरी, माेरङकाे पथरीशनिश्चरेमा हात्तीपाइले विरुद्धको अभियानले ९० प्रतिशत उपलब्धि हाँसिल गरेकाे छ ।

नगरपालिकाकाे अायाेजनामा बुधबार अभियानकाे समापन तथा प्रगति समीक्षा कार्यक्रममा अभियानले ९० प्रतिशत उपलब्धि हासिँल गरेकाे जानकारी दिइएकाे हाे । फागुन १५ देखि सुरु भएकाे अभियानलाई सराेकारवाला सबै पक्षले सहयाेग गरेका थिए । नगरकाे अभियान सुरुगर्नु पुर्व नै सञ्चार माध्यम, प्राइभेट अस्पताल, सामुदायिक वन, बैंक, विद्यालय लगाएतका सबै पक्षसँग छलफल तथा अन्तरक्रिया गरेकाे थियाे । अभियानलाई सफल बनाउन पत्रकार, सञ्चारमाध्यमले याे विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै अायाेजकले खुलेर प्रसंसा गरे ।

नगरका १० वटै वडामा सबै पत्रकारहरुलाई वडा विभाजन गरेर रिपोर्टिङकाे जिम्मेवारी दिइएकाे थियाे । नगरका विभिन्न अभियानहरु मध्ये हात्तीपाइले उन्मुलन सबैभन्दा वढी प्रभावकारी भएकाे नगर स्वास्थ्य संयाेजक मुरारी अाचार्यले जनाए ।

नगरमा याे पटक जम्मा ६३ हजार ५४६ जनाले अाैषधि सेवन गर्ने लक्ष्य थियाे । लक्ष्य भन्दा कम ९० प्रतिशत अर्थात ५७ हजार १७१ जनाले मात्रै अाैषधि सेवन गरेकाे कार्यक्रममा प्रस्तुत तथ्यांकले देखाएको छ । वडागत रुपमा वडा नं. १ मा १० हजार २७७ जना मध्ये ८ हजार ३३२, वडा नं. २ मा ६ हजार २२ मध्ये ५ हजार ५९९, वडा नं. ३ मा ६ हजार ३३४ मध्ये ६ हजार ०३३, वडा नं. ४ मा ६ हजार ९७० मध्ये ६ हजार ३३४, वडा नं. ५ मा ५ हजार ४५४ मध्ये ५ हजार ०५६, वडा नं. ६ मा ६ हजार २७७ मध्ये ५ हजार ७०७, वडा नं. ७ मा ४ हजार ८२७ मध्ये ४ हजार ३४४, वडा नं. ८ मा ५ हजार २९० मध्ये ४ हजार ६४४, वडा नं. ९ मा ५ हजार ५४२ मध्ये ४ हजार ९३२ र वडा नं. १० मा ६ हजार २५६ मध्ये ५ हजार ८८० जनाले अाैषधि सेवन गरेका छन् ।

अभियानका क्रममा १५ जनाले जीवनभर हात्तीपाइले विरुद्धको अाैषधि सेवन नगर्ने बताएको अाचार्यले जानकारी दिए । साे क्रममा २ जनाले बरु कानुनि कार्वाही के हुन्छ गर्नुस तर अाैषधि सेवन भनेकाे अाचार्यले बताए ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नगर उपप्रमुख यमुना विष्ट बास्ताेला, जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञान बहादुर बस्नेत, संचारकर्मी बिवेक न्याैपाने, शिक्षक अर्जुनकुमार बुढाथोकी, माेहन न्याैपाने लगाएतले बाेलेका थिए ।

मन्तव्यका क्रममा विशिष्ट अतिथि वस्नेतले नगरले निकै उत्साहका साथ अभियान सफल बनाएकाे बताए । नगरले गर्ने यस्ता अभियानमा सबैकाे मन मिल्न सकेमा जुनसुकै काम गर्न सकिने बस्नेतकाे भनाइ थियाे ।

नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष दिलिप कुमार राइले अभियानमा साथदिने सबैलाई धन्यवाद व्यक्त गरे । नगरले अगाडि बढाएका हरेक अभियानमा सबैले साथ दिने हाे भने जुनसुकै काम सफल हुने राम्राे उदाहरण याे अभियानले दिएकाे राइले बताए । कार्यक्रमकाे समापनसंगै नगरमा हाेली पर्वकाे समेत सुरु गरिएको छ । नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य लगाएत कार्यक्रममा उपस्थित सबैले रङ्ग खेलेर नचगान सहित हाेलीकाे शुभकामना सहित हाेली शुभारम्भ गरेका छन् ।

सम्बन्धित खवर