कसैको इच्छा विपरित लोला नहान्नुसः इलाका प्रहरी कार्यालय पथरी

कसैको इच्छा विपरित लोला नहान्नुसः इलाका प्रहरी कार्यालय पथरी

पथरी, नेपाल प्रहरीले होलीका समय हुने अमर्यादित र उछृङखल गतिविधि रोक्न बिशेष योजना लागु गरेको छ । सोही बमोजिम ईलाका प्रहरी कार्यालय पथरीले पनि आफ्नो सुरक्षा योजना तयार पारेको जनाएको छ ।

पथरीशनिश्चरे नगरपालिका, कोनेपोखरी गाउँपालिका सहितका आफ्ना क्षेत्रमा बिगतको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा योजना तयार पारिएको इप्रका पथरीका प्रमुख कमल बजगाइले बताए । होलीको बहानामा हुने यस्ता विभिन्न गतिविधि रोक्नलाई जनचेतनामुलक कार्यक्रमलाई पनि अघि बढाएको छ । प्रहरीले दुर्घटना न्युनिकरणका लागि थप अभियान पनि चलाएको वजगाईले वताए ।

वजगाईका अनुसार होलीका क्रममा हुने झै झगडा, मादक पदार्थ सेवन नियन्त्रणका लागि प्रहरीले सुरक्षा योजना तयार पारेको हो । सुरक्षा ब्यबस्थापनमा आएको कडाईसँगै केही वर्षयता भने वजार क्षेत्र लगाएत ग्रामिण स्थानमा होली केहि संयम बन्दै गएको छ ।

यसवर्ष पनि मुख्य रुपमा सडक र बजार क्षेत्रमा होलीलाई व्यवस्थित र मर्यादित बनाउन ईलाकाको योजना केन्द्रित हुने वजगाईले वताए ।
होलीका समय अमर्यादित क्रियाकलाप भए कानुन बमोजिम कारबाहिको दायरामा ल्याईने उनको भनाई रहेको छ । यसअघिका होलीमा भएका घटनाबाट पाठ सिक्दै प्रहरीले सोही अनुसारको सर्तकता अपनाएको उनले बताए ।

होलीको सास्कृतिक र धार्मिक महत्वलाई आधार मान्दै सभ्य र शिष्ट रुपमा प्रस्तुत हुन पनि प्रहरीले अनुरोध गरेको छ । प्रतयेक वर्ष फागु पुर्णिमाका दिन मनाइने होली पर्व यो वर्ष चैत्र ६ गते पहाडी क्षेत्र र चैत्र ७ गते तराइ क्षेत्रमा मनाइदै छ ।

सम्बन्धित खवर