प्रभु बैंकको एकैसाथ २ नयाँ शाखा विस्तार

प्रभु बैंकको एकैसाथ २ नयाँ शाखा विस्तार

काठमाडौं– प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ मा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

चन्द्रगढी नगरपालिका ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे भने मोरङ उर्लाबारी शाखाको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै झापा जिल्ला प्रमुख जिल्ला अधिकारी दाहाल र मेयर खड्ग फागाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।
रातोपाटीबाट

सम्बन्धित खवर