स्वतन्त्र मधेश, मधेश छुट्टै देश भन्दै वकालत गर्दै आएका सिके राउतको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । नयाँ पाट्रीको नाम जनमत राखिएको छ ।
स्वतन्त्र मधेश गठबन्धलाई औपचारिक विघटन गर्दै सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको हो । सरकारसँग भएको ११ बुँदे सहमति अनुरूप नै मूलधारको राजनीतिमा आउनका लागि पार्टी गठन भएको राउत्तले बताएका छन् । सिके राउत लामो समयसम्म स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका थिए । पटक पटक सोही कारणबाट उनी पक्राउ पर्दै आएका थिए ।
स्वतन्त्र मधेशको आन्दोलन चलाएका कारण उनलाई विखण्डनकारीको आरोप लाग्दै आएको थियो । सिरहाको लाहानमा सम्पन्न भेलाले १० बुँदे निर्णय गर्दै नयाँ पार्टी गठन गरेको जनाएको छ । भेलाले सरकारसँग भएको सहमति ऐतिहासिक भन्दै स्वागत समेत गरेको छ ।
नयाँ पाट्रीले सिके राउतलाई राष्ट्रिय अध्यक्ष बनाएको छ । ३५ सदस्यीय कार्यकारीणी समिति बनाएको छ । समितिमा १० जनालाई मनोनयन गर्ने जिम्मा पनि राउतले नै पाएका छन् । भेलाले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता गराउनका लागि चन्दन सिंहको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।