योजना सम्झौताको समय चैत मसान्तसम्म थपियो

योजना सम्झौताको समय चैत मसान्तसम्म थपियो

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका योजनाहरु सम्झौता गर्ने अवधि चैत मसान्तसम्म थप गरिएको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सो अवधी थप गरेको हो । यस अघि फागुन मसान्तसम्म योजना सम्झौता गर्ने अवधि तोकिएको भएता पनि केही सम्झौता गर्न बाँकी रहेकाले म्याद थप गरिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी िदिए ।

बैठकले, नगरले बृहत अभियानका रुपमा सञ्चालन गरेको हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमको चैत ६ गते समीक्षा गर्ने पनि निर्णय गरेको छ ।

शिक्षा शाखा व्यवस्थापन, ल्याव व्यवस्थापन सहितका विषयमा पनि छलफल भई निर्णय भएको छ ।

सम्बन्धित खवर