नगरबाट ५ सयवटा पसलको अनुगमन्

नगरबाट ५ सयवटा पसलको अनुगमन्

पथरी, मोरङको पथरीशनिश्चरे नगरले ३ दिनको अवधिमा ५ सयवटा पसल तथा व्यवसायको अनुगमन गरेको छ । नगरमा भएका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै अनुगमन समिति संयोजक यमुना विष्ट नेतृत्वको टोली बजार तथा पसलमा पुगेको छ ।

नगरपालिकाको राजस्व परामर्श समितिको योजना अनुरुप पथरीशनिश्चरे १ को पथरी बजार, ४ र ९ को शनिश्चरे बजार, ५ र ६ मा पर्ने हसन्दह र ७ मा पर्ने किर्तिपूर वजार क्षेत्रका गरी ५ सय पसल अनुगमन भएको संयोजक विष्टले बताइन् ।

पछिल्लो अवधिमा हसन्दह र किर्तिपूरमा भएको १ सय १८ पसलको अनुगमन्मा ४४ वटा दर्ता भएका र १८ वटा नविकरण भएको पाइएको छ । यसअघि वडा नम्वर १ मा भएका ३५ पसलमध्ये १५ वटा दर्ता भएको तथ्य फेला परेको छ ।
उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य वस्तुहरु समेत केही भेटिएकाले त्यस्ता वस्तु विक्री नगर्न पनि सचेत गराइएको छ ।

नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको छ । निरन्तर अनुगमन गर्न थालेपछि नगरमा आएर पसल एवम् व्यवसाय दर्ता तथा नविकरणको क्रम बढेको छ ।

व्यवसायको अवस्था र तथ्यांकका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियानको लक्ष्य बनाएर नगरका सवै वजार अनुगमन गर्ने योजना रहेको बास्तोलाको भनाइ छ ।

सम्बन्धित खवर