दलित समुदायमा झुल वितरण

दलित समुदायमा झुल वितरण

पथरी, मोरङको पथरीशनिश्चरे वडा नं. ३ का १ सय ५० घर दलित परिवारलाई एक/एक थान झुल निःशुल्क वितरण गरिएको छ ।

वडाको दलित वर्गको लक्षित कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँ बराबरका १ सय ५० थान झुल वितरण गरिएको हो ।
दलित वर्ग उत्थान समाजको आयोजनामा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ सहितले झुल वितरण गर्दै विपन्न दलित वर्गका लागि यसखाले कार्यक्रमले राहत पुगेको बताए ।

सम्बन्धित खवर