अध्यक्षमा भण्डारी निर्वाचित

अध्यक्षमा भण्डारी निर्वाचित

तिलक नेपाली, उर्लाबारी

मोरङको उर्लाबारी ८ को वडा बाल संजालमा किरोज भण्डारी निर्वाचित भएका छन् । युवा जागरण नेपालको आयोजनामा भएको बाल संजाल गठन कार्यक्रमबाट भण्डारी सर्वसहमत रुपमा निर्वाचित भएका हुन् ।

वडामा भएका सामुदायिक र संस्थागत गरी जम्मा ५ वटा विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुको आम भेलाले भण्डारीलाई अध्यक्षमा सर्वसहमत रुपमा चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा रोसिया रायमाझी, सचिव रविना घिसिङ, सहसचिव पुजा खनाल, कोषाध्यक्ष तारा भुजेल लगाएत सदस्यहरुमा विवश कटुवाल, अनुशा लिम्बू, सुजन खतिवडा, निश्चल ठकुरी, सफल निरौला र मनिष बाह्रकोटी रहेका छन् । खाली रहेको एकजना सदस्यमा कुनै एउटा विद्यालय वा समुदायबाट अपाङगता भएका बालबालिका समेटिने समितिले जनाएको छ ।

उर्लाबारी नगरले लिएको बालमैत्री नगरको अवधारणा पुरा गर्नका लागि हाल सबै वडाहरुमा बाल क्लव गठन, संरक्षण समिति गठन लगाएतका कामहरु भइरहेका छन् । वडा नं. ९ को सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख खड्ग फागो, वडा नं. ८ का अध्यक्ष कुल बहादुर कार्की, वडा सदस्यहरु, ९ का अध्यक्ष बम बहादुर फियाक, साविक राजघाट गाविस अध्यक्ष चन्द्र कुमार थेवे, युवा जागरण नेपालका सल्लाहकार रुद्र तामाङ लगाएत विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुको समेत उपस्थीति रहेको थियो ।

प्रमुख अतिथिका रुपमा रहेका नगर प्रमुख फागोले बालवालिकाको क्षेत्रमा नगरले राम्रा योजनाहरु ल्याएको बताए । अहिलेका बालबालिका भोलीका कर्णदार भएकाले अहिलेदेखि नै असल चरित्र निर्माणमा लाग्न पर्ने उनको सुझाव थियो । बालबालिकाका क्षेत्रमा राम्रा कामका लागि कार्यक्रम तथा बजेटको आवश्यकता परेको खण्डमा नगरले अवस्था हेरेर रकम व्यवस्थापन गर्ने देखि लिएर हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको नगरप्रमुख फागोले बताए ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष कुल बहादुर कार्की, ९ का अध्यक्ष बम बहादुर फियाक, साविक राजघाट गाविस अध्यक्ष चन्द्र कुमार थेवे, युवा जागरण नेपालका सल्लाहकार रुद्र तामाङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । युवा जागरण नेपालले उर्लाबारी र त्यस आसपासका पालिकाहरुमा बालबालिका, महिला लगाएत सबैखाले सामाजिक विकासका कामहरुमा स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेको छ । कार्यक्रम युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर