जंगलमा भएको आगलागी गाउँ पस्दा ३ घर नष्ट, ९लाख बराबरको क्षति

जंगलमा भएको आगलागी गाउँ पस्दा ३ घर नष्ट, ९लाख बराबरको क्षति

तेह्रथुमको लालिगुराँस नगरपालिका(६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँ सम्म फैलिदा ३ घर जलेर क्षति भएको छ । आज बिहान ११–२० बजेको समयमा उक्त जंगलमा भएको आगलागी फैलिदै गाउँ भेट्दा स्थानीय सुक बहादुर लिम्बु, समिर लिम्बु र चन्द्र बहादुर लिम्बुको घर जलेर क्षति भएको हो । सुक बहादुर लिम्बुको ढुङगा माटोले बनेको २ तले कच्ची घर र नजिकै रहेको गाईगोठ समेत जलेर नष्ट हुँदा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । यसैगरी छिमेकी समिर लिम्बुको घर जलेर नष्ट हुँदा अन्दाजी २ लाख बराबरको र चन्द्र बहादुर लिम्बुको घर जलेर नष्ट हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा १४–३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ भने कुनै पनि मानवीय तथा चौयापा क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर