राप्रपाद्वारा हिन्दु राष्ट्र पुनस्थापनाका लागि जनसंघर्षका कार्यक्रम घोषणा, जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको व्यानर/प्लेकार्ड जलाउने

राप्रपाद्वारा हिन्दु राष्ट्र पुनस्थापनाका लागि जनसंघर्षका कार्यक्रम घोषणा, जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको व्यानर/प्लेकार्ड जलाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुनस्थापनाका लागि जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको शनिबार काठमाडौंमा बसेको विस्तारित बैठकले १५ चैतबाट तीन चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जनसंघर्षका कार्यक्रम पहिलो चरणमा स्थानीय तहमा, दोश्रो चरणमा जिल्ला सदरमुकाममा र अन्तिम चरणमा राजधानी केन्द्रीत गरिने राप्रपाले जनाएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार जनसंघर्षका कार्यक्रम चैत १२ देखि १६ गतेसम्म प्रचार प्रसार गरेर सुरु हुनेछन् । त्यसपछि १७ देखि २३ चैतसम्म संघर्षको मागहरुको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान चलाउने, २५ चैतमा केन्द्रमा सिंहदरबारअगाडि, सातै प्रदेशको राजधानीमा र ७७ ओटै जिल्लाका सदरमुकाममा १ घण्टे धर्ना गरिनेछ ।

त्यस्तै २८ चैतमा सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, ५ बैशाखमा सम्पूर्ण जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको व्यानर/प्लेकार्ड जलाउने र ८ बैशाखमा देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रह कार्यक्रम गरिने प्रचार विभाग प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणको कार्यक्रम सकिए लगत्तै संघर्षको उचाई र सशक्तउता बढाउंदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने विज्ञप्तिमा उल्लेख छ । राप्रपाले गर्ने संघर्ष शान्तिपूर्ण र संबिधानको परिधिभित्र हुने र माग पुरा गर्न सरकार सकारत्मक रुपमा प्रस्तुत भए वार्ताका लागि पार्टी सदैव तयार रहेको राप्रपाले बताएको छ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरु, प्रदेश र जिल्ला कार्य समितिका अध्यक्षहरु एवं बिभाग र भातृ संगठनका प्रमुखहरुको सहभागीता भएको बैठकले पार्टीले १५ फागुनदेखि १ चैतसम्म गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा आमजनताबाट प्राप्त उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यवद्धताको आभार प्रकट गरेको छ ।

सम्बन्धित खवर