मिस पथरीशनिश्चरेको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन पनि हुने

मिस पथरीशनिश्चरेको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन पनि हुने

पथरी, मिस पथरी शनिश्चरेको पहिलो अडिसन शुक्रबार सम्पन्न भएको छ । पूनः दोस्रो अडिसन पनि हुने आयोजकले जनाएको छ । मोरङ्गको पथरीशनिश्चरेमा पहिलो पटक मिस पथरीशनिश्चरे (सुन्दरी प्रतियोगिता)को अडिसनमा १४ जना सहभागी रहेका थिए । पूनः दोश्रो चरणको अडिसन चैत्र ५ गते मंगलवार गरिने प्रतियोगिता संयोजक सन्तोश राईले बताए।

मिस पथरीशनिश्चरे २०१९ सिजन १ उपाधी नाम दिइएको प्रतियोगिता माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा आयोजना भइरहेको छ । दोस्रो अडिसन पश्चात छनौट भएका मध्ये १५ जना सुन्दरीहरुलाई २५ दिनको वन्द प्रशिक्षण गरिने आयोजकले जनाएको छ । वन्द प्रशिक्षण पश्चात नयाँ वर्ष २०७६ को पहिलो सातामा ग्य्रान्ड फिनालेको आयोजना गरिने आयोजक मध्येका सुमन कुरुङवाङले वताए ।

अन्य छिमेकी पालिकाहरुले सुन्दरी प्रतियोगीताको आयोजना गरिरहेको अवस्थामा पथरीमा पनि सुन्दरी प्रतियोगीता गर्न आवश्यक रहेको आयोजकको भनाइ छ ।
नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया , एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले जानकारी दिएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व, मिस क्याटवक, बेस्ट फिगर, मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठैवटा विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने बताईएको छ । करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाउन सक्ने छन् । दोश्रो अडिसनका लागि फारम धमाधम वितरण भैरहेको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर