महिला साफ च्याम्पियनसिपमा श्रीलंका सेमीफाइनलमा, लगातार दोस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो

महिला साफ च्याम्पियनसिपमा श्रीलंका सेमीफाइनलमा, लगातार दोस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो

महिला साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । शहिद रंगशालामा चलानी कुमारी एकानाएकेले दुवै हाफमा १(१ गोल गरेपछि श्रीलंका २(० ले विजयी भयो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा श्रीलंकाले अग्रता लिएको थियो । कप्तान एरान्दी लियानागेको फ्रिकिकमा चलानी कुमारीले गोल गर्दै खेलमा श्रीलंकालाई अगाडी बढाएकी थिइन् । दोस्रो हाफको ५० औं मिनेटमा अचाला संजीवनीको पासमा चलानीकुमारीले उत्कृष्ट फिनिस गर्दै श्रीलंकाको अग्रता दोब्बर पारिन् । थप समयमा गोल हुन नसक्दा श्रीलंका विजयी रहयो ।

श्रीलंकाको जितसँगै भारत पनि समूह ‘बी’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स भने समूह चरणबाट नै बाहिरिएको छ । समूह विजेताको छनोट हुन आइतबार भारत र श्रीलंका खेल्नेछन् । यसअघि समूहको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६(० ले पराजित गरेको थियो । शनिबार नेपाल र बङ्गलादेश बीच खेल हुनेछ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: